भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलाेरलाई ६ विकेटले हराएको छ । याे हारसँगै बेङ्गलाेर प्रतियोगिताबाट बाहिरिएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ ।
१ सय ९८ रनको लक्ष्य पाएको गुजरातले ५ बल बाँकी छँदै लक्ष्य भेट्टायो । गुजरातका लागि शुभमन गिलले शतक बनाए । उनले सर्वाधिक १ सय ४ रन बनाए । यस्तै विजय शंकरले ५३ र रिद्धिमान साहले १२ रन बनाए । बेङ्गलाेरका मोहम्मद सिराजले २ विकेट लिए भने विजयकुमार वैश्यक र हर्शल पटेलले १/१ विकेट लिए ।
वर्षाका कारण हिजो आइतवार राति ढिलो गरी सुरु भएको खेलमा बेङ्गलाेरले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो । बेङ्गलाेरका लागि विराट कोहलीले शतक बनाए । उनले १ सय १ रन जोडे तर टिमलाई जिताउन सकेनन् । यस्तै बेङ्गलाेरका फाप दु प्लेसिसले २८, माइकल ब्रेसवेलले २६, अनुज राउतले २३ र ग्लेन म्याक्सवेलले ११ रन जोडे । गुजरातका नुर अहमदले २ विकेट लिए भने मोहम्मद शामी, यश दयाल र राशिद खानले १/१ विकेट लिए ।
याेसँगै मुम्बईमा पुग्नै चार वटै टिमकाे टुङ्गाे लागेकाे छ । अब चेन्नईमा हुने क्वालिफायर १ मा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्नेछन् भने इलिमिनेटरमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।