लुम्बिनी प्रदेशमा सरकार विस्तार, तीन जना मन्त्री थपिए

 जेठ ८, २०८० सोमबार १५:०:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तीन जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज कांग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बन्नु भएको हाे ।

वैशाख १५ मा मन्त्री बन्नुभएका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय चौधरीले आफूसँगै राख्नु भएको छ  । भागबण्डाका लागि मन्त्रालय फुटाउने तयारी भए पनि अब अघिल्लो सरकारको पालामा रहेका मन्त्रालयहरुको सङ्ख्यालाई नै कायम राख्ने मुख्यमन्त्री चौधरीले बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया