विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा : आजदेखि तयारी थाल्ने

 जेठ ९, २०८० मंगलबार ६:१६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीकाे घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो जिम्बाब्वेमा हुने छनोटका लागि नेपालकाे २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा रहेका छन् । नेपाली टोलीले आजदेखि तयारी थाल्नेछ ।

विश्व कप छनोट प्रतियोगितामा दश देशको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । विश्व कप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलङ्का, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्व कप छनोटमा स्थान पक्का गरेका छन् ।

१३ देश सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अष्ट्रेलिया , न्युजिल्यान्ड, बङ्लादेश, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अफगानिस्तान सिधा विश्व कपका लागि छनोट भइसकेका छन् ।

विश्व कप छनोटमा लिग–२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । त्यस्तै, विश्व कप प्लेअफ क्वालिफायरबाट अमेरिका र यूएई शीर्ष दुईमा रहँदै विश्व कप छनोटमा पुगेका छन् ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया