मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

 जेठ १२, २०८० शुक्रबार ६:९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । मलेसियामा हुने पाँच टी–२० खेलको शृङ्खलाका लागि घोषणा भएको टोलीमा तीन जना नयाँ खेलाडी समेटिएका छन् ।

सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपालले रुविना क्षेत्रीको कप्तानीमा १४ जना रहेको टोली घोषणा गरेको हो । नेपालले मलेसियामा पहिलो खेल जेठ १५, दोस्रो खेल जेठ १६, तेस्रो खेल जेठ १८, चौथो खेल जेठ २० र पाँचौँ तथा अन्तिम खेल जेठ २१ गते खेल्नेछ ।

नेपालको टोलीमा (कप्तान) रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी रहेका छन् । 
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया