जर्मन बुन्डेसलिगाको उपाधि बायर्नलाई

 जेठ १४, २०८० आइतबार ६:१८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । हिजो भएको अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार ११औँ पटक बुन्डेसलिगाको उपाधि जित्न सफल भयो ।

बायर्न सन् २०११/१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । बायर्नको यो ३२औँ बुन्डेसलिगा उपाधि पनि हो । खेलको आठौँ मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८१औँ मिनेटमा कोल्नका डेजानले गोल गरेपछि १–१ गोलको बराबरी भएको थियो ।

खेलको ८९औँ मिनेटमा जमल मुसिआलाले गोल थपे । जितसँगै बायर्नले ३४ खेलमा ७१ अङ्क जोडेर च्याम्पियन बन्यो । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको पनि ७१ अङ्क नै छ । तर, गोल अन्तरले बायर्न च्याम्पियन बनेको हो ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया