कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
काठमाण्डाै – काठमाण्डाैबाट धनगढी उडेको श्री एअरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै जहाज काठमाण्डाै फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाण्डौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको 'प्रेसराइजेसन सिस्टम' बिग्रिएको सङ्केत पाइलटले पाएपछि जहाज काठमाण्डाै फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।
प्रवक्ता सिटौलाले भन्नुभयो, ‘बिहान धनगढी उडेको जहाज प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाण्डौ फर्काइएको थियो, जहाजका यात्रुलाई बिहान साढे १० बजे अर्कै जहाजको उडानबाट गन्तव्य लगिएको छ ।’
श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताउनुभयो ।
prem sedhai
June 6, 2023, 2:48 p.m.जब सम्म नेपाल मा थोत्रा जहाज चलाउन बन्देज गरिदैन तब सम्म एस्तो समस्या आइरहन्छ। नेपालमा जति पनि जहाज हरु छन सबै प्राय जसो अर देशले कबाडी बनाएर फालेको जहाज हरु मात्रै छन। यसरी हामी नेपालिहरु सधै ज्यान जोखिम मोलेर यात्रा गर्न बाध्य छौ। यो ध्यान समयमा नै सरकारी निकायमा पुग्योस।