कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका-८ अस्वारामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । नचिनेको व्यक्तिले खानेपानीको पाइप काटेपछि करिब ६ सय घरधुरीलाई खानेपानीकाे समस्या भएकाे हाे ।
अस्वारामा खानेपानीको मुख्य पाइप ठाउँठाउँमा काटिएको छ । केही दिनअघि फुलबारी सामुदायिक वन तुलसीपुर-३ राउटेचौरमा लागेको आगोले खानेपानीको पाइप जलेपछि पानी आउन बन्द भएकाे थियाे ।
पछिल्लो समय पाइप जलेको ठाउँमा मर्मत गरे पनि फेरि नचिनेको व्यक्तिले ठाउँ-ठाउँमा पाइप काटेकाले धारामा पानी दिन नसकिएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरि भण्डारीले जानकारी दिनुभयो ।
काटिएको पाइपकाे मर्मतको काम भइरहेको उहाँले बताउनु भयाे । पानी आउन बन्द भएपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । धाराको विकल्पमा कुवा पनि नहुँदा समस्या भएको स्थानीयले बताएका छन् ।
पाइप गाड्न नमिल्ने ठाउँमा अज्ञात व्यक्तिले पाइप काटेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुख्य पाइप १ हजार २ सय मिटर जति चोरी समेत भएको छ । पाइप काटिएको ठाउँमा मर्मत भइरहेको र जतिसक्दो छिटो पानी धारामा उपलब्ध गराउने भण्डारीले बताउनुभयो ।
पाइप काट्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीमा उजुरी दिएको खानेपानी संस्थाका सचिव ओपेन्द्र बस्नेतले बताउनुभयो । ट्याङ्करबाट पानी पुर्याउन कोसिस गरे पनि ट्याङ्कर समेत सहजरुपमा पाउन नसकिएको उहाँले बताउनुभयो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।