वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानीको अभाव, एक हप्ता पढाइ राेकियाे

 जेठ २३, २०८० मंगलबार १८:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको समस्या भएको भन्दै एक हप्ताका लागि पठनपाठन स्थगित गरेको छ ।

धरानमा रहेको प्रतिष्ठानले सूचना निकालेर आजदेखि जेठ ३१ गतेसम्मका लागि पठनपाठन स्थगित गरेको जानकारी गराएको हो । सूचनामा पानी अभाव भएकाले इन्टर्न र बीडीएस दोस्रो वर्षमा अध्ययनरत बाहेक सम्पूर्ण विद्यार्थीको पठनपाठन रोक्नुपरेको बताइएको छ ।

एकेडेमिक्सकी सहायक डीन डा.भीम्मी सिंहले निकाल्नुभएको सूचनामा चरम पानी अभावको कारण समस्या भइरहेको विद्यार्थीहरुले लिखित गुनासो दिएकाले पढाइ स्थगित गर्नुपरेको उल्लेख छ ।

प्रतिष्ठानमा दैनिक तीस लाख लिटर पानी खपत हुने गरेको छ ।

तस्बिर : सामाजिक सञ्जाल 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया