नेभिगेशन
मंगलबार, असोज ६, २०८३

लुकाएर राखेकाे मल नियन्त्रणमा लिन खाेज्दा सर्लाहीमा स्थानीय र प्रहरीबीच झडप

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिकामा भारतबाट तस्करी गरेर ल्याएकाे रासायनिक मल नियन्त्रणमा लिने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । 

बिहीवार दिउँसो धनकाैल–६ बैरिया टाेलमा स्थानीय राजु सहनीको घरमा लुकाएर राखेको मल नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएकाे हाे । झडपलाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रु ग्यास प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियारले जानकारी दिनुभयाे ।

झडपका क्रममा दुई जना प्रहरी घाइते भएका डीएसपी पञ्जियारले बताउनुभयाे । मल नियन्त्रणमा लिन प्रयास गर्दा स्थानीयले ढुङ्गामुढा गरेपछि अश्रु ग्यास प्रहार गरेको उहाँकाे भनाइ छ ।

प्रकाशित मिति:
थप समाज