चितवनकाे बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान ...
असोज ७, २०८० आइतबार
कालीकोट – कालीकाेटकाे शुभकालीका गाउँपालिका-६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ ।
कालीकाेटकाे बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा जीप चालक शुभकालीका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामी मगरकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताउनु भयाे । घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे रिमालले बताउनु भयाे ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।