शिक्षकसँग सहमति गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने त...
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डाै जिल्ला अदालतले पूर्वमन्त्रीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ ।
शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत १६ जना अभियुक्तहरूलाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।
यस्तै अदालतले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुद्दा चलाइएका ३० जनामध्ये १२ जना अझै फरार रहेका छन् । अभियुक्तहरूविरुद्ध ठगी, सङ्गठित अपराध, लिखत किर्ते, राष्ट्रहित प्रतिकूलको कसुर र एकीकृत कसुर मुद्दामा नियमअनुसार कैदसहित २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो भराउन पनि माग गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा जिल्ला अदालत काठमाण्डौमा १२ दिनदेखि थुनछेकको बहस चलेको थियो । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस हिजो बिहीवार सकिएपछि आज जिल्ला सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।