यमनमा पानीको हाहाकार, जलवायु परिवर्तनसँगै बढ्दो तापक्रमले थप समस्या

 असार ३, २०८० आइतबार ६:१०:४८ | एजेन्सी
unn.prixa.net

द्वन्द्वग्रस्त देश यमनमा पानीको हाहाकार भएको छ । यमन सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा धेरै पानीको अभाव भएको देशको सूचीमा रहेको थियो ।

युद्ध र जलवायु परिवर्तनको विकराल अवस्थाले त्यहाँ पानीको समस्यालाई थप बढाएको छ । युद्धका कारण महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रमका कारण पानीको आपूर्तिमा निक्कै असर परेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जलमा दोब्बर दरमा ह्रास भैरहेको छ ।

पानी अभावका कारण विद्यालय जाने उमेर समूहका बालबालिकालाई पानीको जोहो गर्नुपर्ने बाध्यता छ । यमनका लागि आईसीआरसीको प्रतिनिधिमण्डलका उपप्रमुख वेहबेका अनुसार विशेष गरी बालबालिका जोखिममा छन् ।

पानीको अभावले गर्दा थुप्रै आमाबुबालाई पानी पाउन आफ्ना छोराछोरीको मद्दत चाहिन्छ । विद्यालय जानुको साटो उनीहरू आफ्नो परिवारका लागि घन्टौँ कुरेर पानी जम्मा गर्न बाध्य रहेका समाचार संस्था एएफपीले जनाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया