ब्राजिलमा आँधीका कारण १३ जनाको ज्यान गयो, हजारौँ नागरिक विस्थापित

 असार ४, २०८० सोमबार ६:३०:५३ | एजेन्सी
unn.prixa.net

ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने रियो ग्रान्डे डो सुल प्रान्तमा आएको आँधीका कारण १३ जनाको ज्यान गएको छ । १० जना बेपत्ता भएका छन् । 

ज्यान जानेमा चार महिनाको शिशुसमेत रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् । २ हजार ४ सय जनाको उद्धार गरिएको छ ।

आँधीका कारण त्यहाँका कयौँ सडक अवरुद्ध भएका छन् भने मुख्य सहरका हवाई उडान समेत बन्द भएका छन्  । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सङ्कट समाधानका लागि प्रयास भइरहेको बताउनु भएको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया