पाकिस्तानमा ‘लू’ अर्थात् तातो हावा चल्ने चेतावनी

 असार ६, २०८० बुधबार ६:४३:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानमा ‘लू’ अर्थात् तातो हावा चल्ने चेतावनी जारी भएको छ ।

पाकिस्तानी मौसम विभागले पञ्जाब, इस्लामावाद, खैबर पख्तुनख्वा, गिलगत बाल्तिस्तान लगायतका प्रान्तहरुमा ‘लू’ चल्ने चेतावनी जारी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

ती क्षेत्रहरुमा अहिले नै अधिकतम तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगिसकेको र धेरै गर्मी हुने ठाउँमा केही दिनमै ५० डिग्री सेल्सियस पुग्न सक्ने विभागले जनाएको छ । 

आउँदो पाँच दिनसम्म अत्याधिक गर्मी हुने भन्दै पाकिस्तानी सरकारले गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।

यही हप्ता भारतको उत्तर प्रदेश र बिहारमा गर्मीका कारण एक सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

उत्तर प्रदेशको बलियाको एक जिल्ला अस्पतालमा तीन दिनमै गर्मीबाट बिरामी परेको कम्तीमा चार सय जना भर्ना भएका बीबीसी हिन्दीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया