सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ ले स्थानीय आलु खरिद गरी बिक्रीका लागि काठमाण्डौ पठायो

 असार ६, २०८० बुधबार ९:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ ले किसानहरुले उत्पादन गरेको आलु सङ्कलन गरी बिक्रीका लागि काठमाण्डौ पठाएको छ ।

गाउँमा उत्पादन भएको आलु स्थानीय बजारले धान्न नसकेपछि वडा कार्यालयले सङ्कलन गरेर काठमाण्डौ पठाएको वडाअध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो । 

आलु गाउँपालिकाको कृषी एम्बुलेन्समार्फत काठमाण्डौ पठाएको उहाँले बताउनुभयो । 

गाउँबाट सङ्कलन गरेको आलु काठमाण्डौमा रहेका थुलुङ दुधकोशी गाउँपालिकावासीलाई नै सुलभ मूल्यमा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

पहिलो चरणमा २० मुरी आलु सङ्कलन गरेर पठाएको र माग अनुसार थप आलु पठाउने वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘गाउँपालिकाबाट काठमाण्डौ गएर बसेकाहरुबाट माग सङ्कलन गरेर आलु पठाएका छौँ, फेरी अर्को चरणमा पनि पठाउनेछौँ ।’

वडा कार्यालयले किसानबाट पाथीको एक सय रुपैयाँका दरले आलु खरिद गरेको छ । यस वर्ष गाउँमा आलु उत्पादन बढेको पनि वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया