धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
बर्दिया – बर्दियामा ‘स्यानिटाइजर’ जस्तो देखिने अखाद्य पदार्थ खाएका दुई जनाको ज्यान गएको छ । दुई जना बिरामी भएका छन् ।
मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘स्यानिटाइजर’ जस्तो देखिने तरल पदार्थ खाएका ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ बिरामी हुनुभएको छ । उहाँहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो ।
ज्यान गुमाउने र बिरामीले हिजो बेलुका अखाद्य पदार्थ खाएको र थप के खाएका थिए भन्ने विषयमा थप अनुसन्धान भैरहेको पनि प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।