वाग्नर समूहलाई आत्मसमर्पण गर्न रूसको आग्रह, सैन्य प्रमुखविरुद्ध फौजदारी मुद्दा दायर

 असार १०, २०८० आइतबार ६:२५:४३ | एजेन्सी
unn.prixa.net

रुसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । लडाकु समूह वाग्नरले विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले यो समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो ।

जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गरेको रुसी रक्षा मन्त्रालयले सबै लडाकुको सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता पनि जनाएको छ । रूसी सङ्घीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सेनालाई विद्रोहका लागि उक्साएको आरोपमा फौजदारी मुद्दा दायर गरिएको पनि जनाएको छ ।

वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ । रूसी समाचार संस्था तासका अनुसार पछिल्लो घटनापछि मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरका गतिविधिले सैन्य संरचनामा नै सङ्कट उत्पन्न गरेको छ । वाग्नर भाडाका सैनिकहरूको समूह हो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया