भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - भारतको बेङ्ग्लोरमा चलिरहेको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । कान्तिरभा फुटबल मैदानमा हिजो भएको खेलमा बङ्लादेश भुटानलाई ३–१ ले गोलले हराउँदै समूह ‘बी’को उपविजेता बनेको छ ।
बङ्लादेश सेमिफाइनलमा पुगेको छ । सन् २००९ पछि बङ्लादेश पहिलो पटक साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्न सफल भएको हो । त्यसअघि हिजो भएको खेलमा लेवनानले माल्दिभ्सलाई १–० गोलले हरायो । लेवनान समूह ‘बी’को विजेता बनेको छ । अब सेमिफाइनलमा लेवनानले भारत र बङ्लादेशले कुवेतसँग खेल्नेछ ।
पर्सि शनिवार हुने पहिलो सेमिफाइनल कुवेत र बङ्लादेश तथा दोस्रो सेमिफाइनल भारत र लेवनानबीच खेल हुनेछ । समूह ‘ए’ बाट नेपाल र पाकिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।