नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

दैलेखमा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको ज्यान गयाे, छ जना बालबालिका घाइते

काठमाण्डाै - दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर हिजाे बेलुका एक जना बालकको ज्यान गएकाे छ । ६ जना बालबालिका घाइते भएका छन् । 

निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका छोरा उमेश थापाको ज्यान गएकाे हाे । 

ड्याम बर्सातका कारण भत्किएकाे दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताउनुभयो । घाइतेमध्ये १३ वर्षका किरण बुढामगरकाे अवस्था  गम्भीर रहेकाे आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले बताउनु भयाे । 

प्रकाशित मिति:
थप समाज