नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

एसीसी इस्ट जोन कपको सेमिफाइनलमा नेपाल र सिङ्गापुरको खेल चल्दै

काठमाण्डाै - एसीसी इस्ट जोन कपको सेमिफाइनलमा अहिले नेपालले सिङ्गापुरसँग खेलिरहेको छ । 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपाल समूह 'ए' को विजेता र सिङ्गापुर समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणमा थाइल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो ।

यस्तै, सिङ्गापुरले इन्डोनेसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो । सिङ्गापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो । फाइनल खेल भोलि हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद