निगमले घटायो डिजल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य

 असार १८, २०८० सोमबार २२:३:२० | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ - नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज सोमवार राति १२ बजेदेखि लागू हुने गरी डिजल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।

देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा छ रुपैयाँ र तेस्रो वर्गमा पाँच रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ७० रुपैयाँ तोकिएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर एक सय ७५ रुपैयाँ थियो ।

यस्तै डिजल र मट्टीतेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ४९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाण्डौ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Som shrestha

    July 4, 2023, 6:04 a.m.

    Oilnigam t chor ho tyas karan gas ko mulya ghataun chahena badyata xa janata ma n gghata e pani linu nai parxa.

  •  0 Reply

तपाईको प्रतिक्रिया