धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक अघि राति १ बजेदेखि खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कालीखाेला नजिक सुक्खा पहिरो खस्दा हिजो दिउँसो ४ बजेदेखि सडक बन्द भएको थियो । ९ घण्टासम्म बन्द भएर खुलेकाले यो सडक खण्डमा अहिले गाडीको लामो लाइन छ । गाडी चापमा चलिरहेका छन् ।
अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो ।
गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन । पहिरोका कारण मुग्लिन-नारायणगढ सडकको यात्रा कष्टकर छ ।
यस्तै, जतिबेलै पहिरो खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित समेत बनेको छ । यो सडकको यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गर्दै आएको छ ।
तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।