बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानलाई

 असार २४, २०८० आइतबार ६:३९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जितेको छ । हिजो भएको दोस्रो खेलमा अफगानिस्तान १ सय ४२ रनले विजयी भयो । अफगानिस्तानले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।

पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालले सन्यास लिएका थिए । तर प्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनले लगत्तै सन्यास फिर्ता लिएका थिए ।

हिजो चटगाउँमा भएको खेलमा पाहुना टोली अफगानिस्तानले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो । उसका रहमानुल्लाह गुर्वाजले १ सय ४५ रन तथा इब्राहिम जर्दानले पनि शतकीय पारी खेले ।

बङ्लादेशका मुस्तिफिजुर रहेमान, हसन महमुद, सकिब अल हसन र मेहदी हसन मिराजले दुई/दुई विकेट लिए । जितका लागि ३ सय ३२ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४३ ओभर २ बलमा १ सय ८९ रनमा समेटियो । उसका मुस्फिकुर रहिमले सर्वाधिक ६९ रन बनाए ।

अफगानिस्तानका फजल फारुकी र मुजिबउर रहेमानले तीन/तीन विकेट तथा रासिद खानले दुई विकेट लिए । यी दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि मङ्गलवार हुनेछ । त्यसपछि दुई खेलको टी–२० शृङ्खला शुक्रवार र आइतवार हुनेछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया