सयौं मन्त्रीलाई रेमिट्यान्सले पाल्नुपर्ने भयो : चित्रबहादुर केसी

 बैशाख २३, २०७५ आइतबार १७:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

उमाकान्त पाण्डे/उज्यालो । 

वैशाख २३ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले खाडीमा कार्यरत नेपालीले रेमिट्यान्स नपठाए घर मात्रै नभई देश पनि नचल्ने बताउनुभएको छ । 

युएई र ओमानमा रहेका नेपाली श्रमिकका समस्या नजिकबाट बुझ्न पाएको भन्दै केसीले खाडीबाट रेमिट्यान्स नगए सरकारका धेरै अंग चल्न नसक्ने बताउनुभएको हो । संघीयताका नाममा सयौं मन्त्री र उनीहरुका परिवारलाई मुलुकले पाल्नुपर्ने अवस्था आएकाले विदेशबाट नेपालीले पैसा नपठाए देश ठप्प हुने बताउनुभयो । 

युएई नेपाली एकता समाजले शुक्रबार दुवईमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो, ‘एमाल माओवादी मिलेर गएको चुनावमा कांग्रेसलाई भित्तामा पुर्‍याएर राम्रो गरेकोले वाम एकताका लागि पद नमिलेर अलमल गर्न हुँदैन ।’ 

दुई दलका ठूला नेताहरुले पार्टीको सदस्य पद मात्रै लिएर भएपनि एकता गर्न केसीले सुझाव दिनुभयो । अहिलेका परराष्ट्र मन्त्रीलाई जिताउन गुल्मीमा चुनावी तालमेल गरेको स्मरण गर्दै घरेलु काममा आएका महिलाले पुनःश्रमस्वीकृति नपाउने चिन्ताले घर फर्किन नपाएको विषय सम्बन्धमा परराष्ट्र मन्त्रीसँग छलफल गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया