अफगानिस्तानसँगको पहिलो टि–२० मा बंगलादेश विजयी

 असार ३०, २०८० शनिबार ६:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – घरेलु टोली बंगलादेशले पहिलो टि–२० खेलमा अफगानिस्तानलाई दुई विकेटले हराएको छ । योसँगै दुई खेलको टि–२० श्रृंखलामा बंगलादेशले १–० को अग्रता बनाएको छ ।

जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै भेट्टायो । अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि ६ रन चाहिएको थियो । मेहेदी हसन मिराजले पहिलो बलमै चौका प्रहार गरेपछि बाँकी ५ बलमा दुई रन आवश्यक थियो । लगत्तै करिम जन्नतले ह्याट्रिक विकेट लिए । पाँचौं बलमा शोरिफुल इस्लामले चौका हानेपछि बंगलादेश विजयी भयो ।

बंगलादेशका तोहिद हृदोय ४७ रनमा अविजित रहे । अफगानिस्तानका करिम जन्नतले ह्याट्रिक विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबी सर्वाधिक ५४ रनमा अविजित रहे ।

बंगलादेशका सकिब अल हसनले २, नासुम अहमद, तस्किन अहमद, शोरिफुल इस्लाम, मुश्ताफिजुर रहमान र मेहेदी हसन मिराजले समान एक विकेट लिए । यी दुई देशबिचको दोस्रो तथा अन्तिम टि–२० भोलि आइतबार हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय श्रृंखला अफगानिस्तानले २–१ ले जितेको थियो ।
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया