पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज अफगानिस्तान 'ए' र बङ्लादेश 'ए' विजयी भएका छन् । श्रीलङ्कामा भएको खेलमा अफगानिस्तान 'ए' ले घरेलु टोली श्रीलङ्का 'ए' लाई ११ रनले हरायो ।
अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का २ सय ४१ रनमा अलआउट भयो ।
अर्को खेलमा बङ्लादेशले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको १ सय २७ रनको लक्ष्य बङ्लादेशले २ विकेट गुमाएर १६ ओभर ३ बलमै भेट्टायो ।
समूह 'ए' मा दुवै खेल जितेको अफगानिस्तान शीर्ष स्थानमा छ । नेपाल समूह 'बी' मा रहेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग हारेको थियो । नेपालले दोस्रो खेलमा पर्सि सोमवार भारत ’ए’ सँग र बुधवार यूएई ’ए’ सँग खेल्नेछ । यस प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।