भारतमाथि बङ्गलादेशकाे महिला क्रिकेट टाेलीकाे कीर्तिमानी जित, ओडीआईमा पहिलाे पटक हरायाे

 असार ३१, २०८० आइतबार १८:३९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशकाे महिला टाेलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा भारतमाथि कीर्तिमानी जित निकालेकाे छ । घरेलु मैदान मिरपुरमा भएकाे पहिलाे एकदिवसीय क्रिकेटमा बङ्गलादेशले भारतलाई डीएलएस मेथडमा ४० रनले हरायाे । बङ्गलादेशकाे महिला टिमले भारतलाई एकदिवसीय क्रिकेटमा पहिलाे पटक हराएकाे हाे ।

बङ्गलादेशले दिएकाे १ सय ५४ रनकाे लक्ष्य पछ्याएकाे भारत ३५ ओभर ३ बलमा १ सय १३ रनमा अलआउट भयाे । भारतकी दिप्ती शर्माले सर्वाधिक २० रन बनाइन् । यस्तै यास्तिका भाटिया र अमनजाेत काैरले समान १५ रन बनाए । बलिङतर्फ बङ्गलादेशकी मरुफा अख्तेरले ४ र रबिया खानले ३ विकेट लिइन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेश ४३ ओभरमा १ सय ५२ रन बनाउँदा अलआउट भयाे । बङ्गलादेशका लागि निगर सुल्तानाले ३९ र फरगना हकले २७ रन बनाइन् । बलिङतर्फ भारतकी अमनजाेत काैरले ३ विकेट लिइन् ।

वर्षाका कारण झन्डै एक घण्टा खेल राेकिएपछि खेल ४४ ओभरमा झारिएकाे थियाे ।

याे जितसँगै बङ्गलादेशले ३ खेलकाे शृङ्खलामा १–० काे अग्रता लिएकाे छ । यसअघि भएकाे ३ खेलकाे टी–२० शृङ्खला भारतले २–१ ले जितेकाे थियाे ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया