काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा र कास्कीमा गएराति ठूलो वर्षा

 साउन २, २०८० मंगलबार ६:१४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा र कास्कीमा गएराति ठूलो पानी परेको छ । पानी परेका यी क्षेत्रसहित रसुवा, नुवाकोट र पर्वत भएर बग्ने स–साना नदीमा आकस्मिक बाढीको जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्र, कमजोर तथा भिरालो जमिनमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, बाग्मती र कोशी प्रदेशका पहाडी केही ठाउँमा तथा मधेस प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया