पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – भारतीय स्टार क्रिकेटर विराट काेहलीले आफ्नाे ५०० औँ अन्तर्राष्ट्रिय खेलमा शतक बनाएका छन् ।
काेहलीले झन्डै ५ वर्षपछि घरबाहिर शतक बनाएका हुन् । यसअघि उनले सन् २०१८ मा अस्ट्रेलियाकाे पर्थमा शतक बनाएका थिए ।
वेस्ट इन्डिजसँगकाे दाेस्राे टेस्टमा काेहलीले १ सय ८० बलमा आफ्नाे टेस्ट करियरकाे २९ औँ शतक बनाएका हुन् । उनी ५०० औँ अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने पहिलाे खेलाडी हुन् । याेसँगै काेहलीले टेस्ट शतकमा अस्ट्रेलियाका डन ब्राडम्यानसँग बराबरी गरेका छन् ।
काेहलीभन्दा अघि नाै जना खेलाडीले ५०० औँ अन्तर्राष्ट्रिय खेल खेलेका छन् तर कसैले पनि ४८ रनभन्दा धेरै बनाउन सकेका थिएनन् ।
क्रिकेटकाे तीन वटै फर्म्याटमा गरी काेहलीकाे याे ७६ औँ शतक हाे । उनले एकदिवसीयमा ४६ र टी–२० मा एउटा शतक बनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।