पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – भारत 'ए' एसीसी इमर्जिङ टिम्स एसिया कपकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार काेलम्बाेमा भएकाे सेमिफाइनल खेलमा बङ्गलादेश 'ए' लाई हराउँदै भारत फाइनलमा पुगेकाे हाे ।
भारतले दिएकाे २ सय १२ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयाे । बङ्गलादेशका तन्जिद हसनले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका निशान्त सिन्धुले ५ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे भारत ४९ ओभर १ बलमा २ सय ११ रन बनाउँदा अलआउट भयाे । भारतका कप्तन याश धुलले सर्वाधिक ६६ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन, तन्जिम हसन सकिब र रकिबुल हसनले २/२ विकेट लिए ।
अब भारतले उपाधिका लागि पर्सि आइतवार पाकिस्तान 'ए' सँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनलमा श्रीलङ्कालाई हराउँदै पाकिस्तान फाइनलमा पुगेकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।