सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रकाे उत्कृष्ट सञ्चार साधक सम्मान उज्यालाेकर्मी कुमार रञ्जितलाई

 साउन ६, २०८० शनिबार १९:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उज्यालाे सहकर्मी कुमार रञ्जित सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा सम्मानित हुनुभएकाे छ । राष्ट्रिय नाचघरमा आयाेजित कार्यक्रममार्फत् केन्द्रले रञ्जितलाई उत्कृष्ट सञ्चार साधक सम्मानबाट सम्मानित गरेकाे हाे ।   

साथै, केन्द्रले नेपालभाषाका चार जना अग्रणी महिला साहित्यकारलाई मांथां (आमा खम्बा), चार जना नेपाल भाषाका साहित्यकारलाई तिकिझ्याः (आँखीझ्याल) सम्मान र अन्यलाई विभिन्न सम्मान प्रदान गरेकाे छ । 

नेपालभाषा साहित्यको मूथां (आधार स्तम्भ) सम्मानबाट स्व. मोतिलक्ष्मी उपासिका सम्मानित हुनुभएको छ भने नेपालभाषा साहित्यको मांथां (आमा खम्बा) बाट सत्यभामा माथेमा, प्रकाश प्रधानाङ्ग, नारायणदेवी श्रेष्ठ र सुवर्ण चित्रकार पुरस्कृत हुनुभएकाे छ । यस्तै, नेपालभाषा साहित्यक तिकिझ्याः (आँखीझ्याल) सम्मान पाउनेमा भूषण प्रसाद श्रेष्ठ, सुलोचना मानन्धर, प्रतिसरा सायमी र शशीकला मानन्धर हुनुहुन्छ ।

सिद्धिश्वरमान सूर्य तुलसी आजीवन साधना पुरस्कारबाट शान्त दास मानन्धर, उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कारबाट प्रा.डा. शिवराज अधिकारी, चन्द्र­विष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कारबाट सरला श्रेष्ठ र विष्णु कुमार अग्रवाल र उत्कृष्ट साना उद्यमी पुरस्कारबाट शैलजा कसजु पुरस्कृत हुनुभएकाे छ ।

त्यसैगरी सिद्धिश्वरमान उत्कृष्ट साहित्य साधक सम्मान भद्रकुमारी घलेलाई दिइएकाे छ भने साहित्यिक उत्प्रेरणा सम्मान उषा शेरचनलाई, उत्कृष्ट नियात्रा साधक सम्मान घनश्याम राजकर्णीकारलाई, उत्कृष्ट स्वास्थ्य तथा समाजसेवा सम्मान प्रा. डा. निराकार मान श्रेष्ठलाई प्रदान गरिएकाे छ । 

यस्तै, उत्कृष्ट युगल शिक्षा साधक सम्मान डा. अम्बु भवानी कार्की र रामाराम सैँजुलाई, उत्कृष्ट रचना साधक सम्मान स्व. पुष्कर लाल श्रेष्ठलाई, उत्कृष्ट भाषा तथा शिक्षा सम्मान प्रा. डा. सुन्दर कृष्ण जोशीलाई, उत्कृष्ट भाषा तथा संस्कृति संरक्षण सम्मान अनिल महर्जनलाई र उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान साहित्य सन्ध्या र गुञ्जनलाई प्रदान गरिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया