महिला विश्वकप : शुरुवाती अग्रता जाेगाउन नसक्दा दक्षिण अफ्रिका स्विडेनसँग पराजित

 साउन ७, २०८० आइतबार १३:१५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विडेनले दक्षिण अफ्रिकालाई हराएकाे छ ।

आज आइतवार न्युजिल्यान्डकाे वेलिंगटन रिजनल स्टेडियममा भएकाे खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गाेलले हरायाे । दक्षिण अफ्रिकाले पहिलाे हाफकाे शुरुमै अग्रता लिए पनि त्यसलाई जाेगाउन सकेन । दक्षिण अफ्रिकाका लागि खेलकाे ४८ औँ मिनेटमा हिलाद मागियाले गाेल गरिन् । स्विडेनका लागि खेलकाे ६५ औँ मिनेटमा फ्रिडाेलिनाे राेल्फाे र ९० औँ मिनेटमा अमन्दा इस्टेडले गाेल गरिन् । याे जितसँगै समूह 'जी' मा रहेकाे स्विडेनले ३ अङ्क जाेडेकाे छ ।

यस्तै आजै समूह 'ई' मा नेदरल्यान्ड्स र पाेर्चुगलबीच अहिले सवा १ बजे खेल हुँदैछ । यस्तै समूह 'एफ' मा फ्रान्स र जमैकाबीच बेलुकी पाैने ४ बजे खेल हुँदैछ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया