महिला विश्व कप : कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र नर्वे खेल्दै

 साउन ९, २०८० मंगलबार ७:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘एच’ का कोलम्बिया र दक्षिण कोरिया खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ । त्यस्तै, अर्को खेलमा बिहान सवा ११ बजे समूह ‘ए’ का न्युजिल्यान्ड र फिलिपिन्स तथा दिउँसो पौने २ बजे समूह ‘ए’ कै स्विट्जरल्यान्ड र नर्वेबीच खेल हुनेछ । हिजो भएको खेलमा ब्राजिल, जर्मनी र इटली विजयी भएका छन् ।

ब्राजिलले पानामालाई ४–० गोलले, जर्मनीले मोरक्कोलाई ६–० गोलले र इटलीले अर्जेन्टिनालाई १–० गोलले हराएको हो । महिला विश्व कप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया