ग्रीसमा आगो निभाउन खटिएको वायुसेनाको विमान दुर्घटना : दुई जना पाइलटको ज्यान गयो

 साउन १०, २०८० बुधबार ६:५०:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ग्रीसमा आगलागी नियन्त्रण गर्न र आगो निभाउन प्रयोग भएको वायुसेनाको एउटा विमान दुर्घटना भएको छ ।

ग्रीसको रक्षा मन्त्रालयले विमानमा दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको जनाएको छ ।

ग्रीसकाे फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

ग्रीसको जंगलमा केही दिनदेखि आगो लागेको छ । आगो फैलिएपछि नियन्त्रणको प्रयास भैरहेको छ।

उच्च गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित भएको छ । तीव्र हावाको कारण जङ्गल र वरपरका बस्तीमा डढेलोको जोखिमपछि हजारौँलाई सुरक्षित ठाउँमा सारिएको छ ।

ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौँ स्थानीयबासिन्दा र पर्यटकलाई सुरक्षित ठाउँमा सारिएको हो ।

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आफूहरु आगोको ज्वालासँग युद्धमा रहेकोे बताउनुभएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गएको हप्ता मात्रै ३५ हजार हेक्टर वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ ।

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ताले जनाएको छ । 

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया