महिला विश्वकप फुटबलमा क्यानडाले आयरल्यान्डलाई हरायाे

 साउन १०, २०८० बुधबार २०:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा क्यानडाले आयरल्यान्डलाई हराएकाे छ । 

आज बुधवार अस्ट्रेलियाको मेलबर्नमा भएको खेलमा क्यानडाले आयरल्यान्डालाई २–१ गोलले हरायो । क्यानडाका एड्रियाना लियोनले एक गोल गरिन् भने एक गोल क्यानडाले आत्मघाती उपहार पायो । आयरल्यान्डका लागि केटी म्याककेबले सान्त्वना गाेल गरिन् । 

आजको जितसँगै क्यानडा २ खेलमा ४ अङ्कका साथ समूह 'बी' को शीर्ष स्थानमा पुगेको छ । दुवै खेल हारेको आयरल्यान्ड पुछारमा छ ।

आजै न्युजिल्यान्डको इडेन पार्कमा भएको समूह 'सी' को खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले हराएकाे छ । यही समूहकाे अर्काे खेलमा जापानले कोस्टारिकालाई २–० गोलले हराएको छ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया