नाइजरका राष्ट्रपति बाजुम असन्तुष्ट सुरक्षाकर्मीको कब्जामा : सेनाद्वारा विना सर्त रिहा गर्न आग्रह

 साउन ११, २०८० बिहीबार ६:३०:५९ | एजेन्सी
unn.prixa.net

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई असन्तुष्ट सुरक्षाकर्मीले कब्जामा लिएका छन् । सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयमा प्रवेश नै बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका छन् । उनीहरुको असन्तुष्टि र माग खुलाइएको छैन ।

पश्चिम अफ्रिकी समूह (इकोवास) ले यो घटनालाई ‘कु’ को प्रयास भनेको छ । साथै इकोवासले घटनाको निन्दा गरी राष्ट्रपतिलाई तत्काल विना सर्त रिहा गर्न आग्रह गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी हुनुभएको थियो ।

नाइजरको सेनाले नियन्त्रणमा रहेका राष्ट्रपतिसहित सबै सदस्यलाई तत्काल विना सर्त रिहा गर्न र स्थितिलाई सामान्य बनाउन आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ । अहिलेसम्म कुनै असामान्य अवस्था उत्पन्न भएको छैन । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया