पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा पाेर्चुगलले भियतनामलाई हराएकाे छ ।
आज बिहीवार न्युजिल्यान्डकाे एफएमजी स्टेडियममा भएकाे खेलमा पाेर्चुगलले भियतनामलाई २–० गाेलले हरायाे । पाेर्चुगलका लागि तेल्मा इन्कारनाकाे र फ्रान्सिस्का नजरेथले गाेल गरिन् ।
आजको जितसँगै पाेर्चुगल २ खेलमा ३ अङ्कका साथ समूह 'ई' को तेस्राे स्थानमा छ । दुवै खेल हारेको भियतनाम प्रतियाेगिताबाटै बाहिरिएकाे छ ।
आजै न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह 'ई' को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १/१ गाेलकाे बराबरी खेलेका छन् । आजै पौने ४ बजे समूह 'बी' का अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।