महिला विश्व कप : दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दै

 साउन १४, २०८० आइतबार ७:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दैछन् ।

आज हुने पहिलो खेलमा बिहान सवा १० बजे समूह ‘एच’ का दक्षिण कोरिया र मोरक्कोबीच खेल हुनेछ ।

त्यस्तै, समूह ‘ए’ का नर्वे र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र न्युजिल्यान्ड दिउँसो पौने १ बजे खेल्नेछन् । अर्को खेलमा समूह ‘एच’ का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे खेल हुनेछ ।

हिजो भएका खेलमा स्विडेनले इटालीलाई ५–० गोलले, फ्रान्सले ब्राजिललाई २–१ गोलले र जमैकाले पानामालाई १–० गोलले हरायो । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया