पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – फिफा महिला विश्वकप फुटबलमा काेलम्बियाले जर्मनीमाथि राेमाञ्चक जित निकालेकाे छ ।
आज आइतवार अस्ट्रेलियाकाे अलिनाज स्टेडियममा भएकाे खेलमा काेलम्बियाले जर्मनीलाई २–१ गाेलले हरायाे । काेलम्बियाका लागि लिन्डा केसिडा र म्यानुएला वनेगासले गाेल गरिन् । जर्मनीका लागि एलेक्जान्द्रा पाेपले सान्त्वना गाेल गरिन् ।
काेलम्बियाले खेलकाे ५२ औँ मिनेटमा केसिडाकाे गाेलमार्फत अग्रता लिएकाे थियाे । ८० औँ मिनेटमा जर्मनीकी पाेपले पेनाल्टीमार्फत गाेल गर्दै खेल बराबरीमा ल्याइन् । तर इन्ज्युरी समयकाे ७ औँ मिनेटमा वनेगासकाे गाेलमा काेलम्बियाले जर्मनीमाथि राेमाञ्चक जित निकाल्याे । जर्मनीले सन् १९९५ पछि पहिलाे पटक विश्वकपकाे समूह चरणमा हार बेहाेरेकाे हाे ।
याे जितसँगै काेलम्बिया २ खेलमा ६ अङ्कसहित समूह 'एच' काे शीर्ष स्थानमा उक्लिएकाे छ । जर्मनी २ खेलमा ३ अङ्कसहित दाेस्राे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।