पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फोट हुँदा ४४ जनाको ज्यान गयो

 साउन १५, २०८० सोमबार ६:३२:९ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फाेट हुँदा ४४ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बाजोर जिल्लामा जमियत–उलेमा–ए–इस्लाम–फजल (जेयूआईएफ) ले आयोजना गरेको र्यालीमा बम विस्फाेट भएको बीबीसीले जनाएको छ । विस्फोटमा जेयूआईएफका एक प्रमुख नेता पनि मारिएका छन् ।

स्थानीय प्रहरीले विस्फोटमा परेर  ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ । १५ जनाको अवस्था गम्भीर छ । विस्फोट हुनुको यकिन कारण खुलेको छैन । तर, प्रहरीले आत्मघाती आक्रमण भएको प्रमाण भेटिएको बताएका छन् ।

विस्फोट भएको क्षेत्रलाई घेराबन्दी गरिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको भर्त्सना गर्दै छानबिनका लागि निर्देशन दिनुभएको छ । खैबर पख्तुनख्वा प्रान्त अफगानिस्तानको सीमा क्षेत्रसँग जोडिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया