स्पेनलाई हराउँदै जापान समूह विजेता

 साउन १५, २०८० सोमबार १५:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबलमा स्पेनलाई हराउँदै जापान समूह 'सी' काे विजेता बनेकाे छ । 

आज साेमवार न्युजिल्यान्डकाे वेलिङ्टन रिजनल स्टेडियममा भएकाे खेलमा जापानले स्पेनले ४–० काे फराकिलाे अन्तरले हरायाे । जापानका लागि हिनाता मियावाजाले २ तथा रिकाे युकी र मिना तनाकाले १/१ गाेल गरिन् । समूह विजेता बन्दै जापानले ३ खेलमा ९ अङ्क जाेडेकाे छ भने उपविजेता बनेकाे स्पेनकाे उति नै खेलमा ६ अङ्क छ । अब जापानले क्वाटरफाइनलमा समूह 'ए' काे उपविजेता नर्वे र स्पेनले समूह 'ए' काे विजेता स्विट्जरल्यान्डसँग खेलेकाे छ । 

यस्तै आजै न्युजिल्यान्डकाे एफएमजी स्टेडियममा भएकाे समूह 'सी' कै अर्काे खेलमा जाम्बियाले काेस्टारिकालाई ३–१ गाेलले हरायाे । विश्वकपमा जाम्बियाकाे याे पहिलाे जित हाे । जाम्बियाका लागि लुशाेमाे एमवीम्बा, बारब्रा बान्दा र रेचेल कुन्दानान्जीले गाेल गरिन् । काेस्टारिकाका डफ्ने मेलिसाले सान्त्वना गाेल गरिन् । जाम्बिया ३ अङ्कसहित तेस्राे स्थानमा रहेर प्रतियाेगिताबाट बाहिरिँदा काेस्टारिका अङ्कविहीन हुँदै प्रतियाेगिताबाट बाहिरियाे ।

 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया