अस्ट्रेलिया र नाइजेरिया महिला विश्वकप फुटबलको अन्तिम १६ मा

 साउन १५, २०८० सोमबार १७:५७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलिया र नाइजेरिया समूह 'बी' बाट महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् ।

आज साेमवार घरेलु मैदान मेलबर्नमा भएकाे खेलमा क्यानडालाई ३–० गाेलले हराउँदै आयाेजक अस्ट्रेलियाले नकआउटमा स्थान पक्का गरेकाे हाे । अस्ट्रेलियाका लागि हेली रसाेले २ तथा म्यारी फाेलर र स्टेफेन क्याटलीले १/१ गाेल गरिन् । अस्ट्रेलिया ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेकाे हाे । क्यानडा ३ खेलमा ४ अङ्कसहित तेस्राे स्थानमा रहेर प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

आजै अस्ट्रेलियाकाे सनकाेर्प स्टेडियममा भएकाे खेलमा आयरल्यान्डसँग गाेलरहित बराबरी खेल्दै नाइजेरिया अन्तिम १६ मा पुगेकाे छ । नाइजेरिया ३ खेलमा ५ अङ्कसहित दाेस्राे स्थानमा रहँदै अन्तिम १६ मा पुगेकाे हाे । आयरल्यान्ड ३ खेलमा १ अङ्कसहित पुछारमा रहँदै बाहिरिएकाे छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेकाे नवाैँ संस्करणकाे फाइनल खेल आउँदो अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pralhad pokharel

    July 31, 2023, 6:02 p.m.

    Ireland sanga goal rahit khalako hola najaria la

  •  0 Reply

तपाईको प्रतिक्रिया