द एसेज शृङ्खलाको अन्तिम खेलमा पुनरागमनसँगै इङ्ल्यान्डको जित : शृङ्खला २–२ को बराबरी

 साउन १६, २०८० मंगलबार ६:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको द एसेज शृङ्खला दुई/दुईको बराबरीमा सकिएको छ । तर साविक विजेता हुँदा अस्ट्रेलियाले ट्रफी आफ्नो पक्षमा पारेको छ । अन्तिम तथा पाँचौँ खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई ४९ रनले हरायो । पुनरागमन जितसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरीमा सकिएको हो ।

जितको लागि ३ सय ८४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया पाँचौँ दिन अन्तिम सेसनमा ३ सय ३४ रनमा अलआउट भयो । अस्ट्रेलियाका ओपनर उस्मान खवाजा १ सय ४५ बलमा ८ चौकासहित ७२ रनमा आउट भए । त्यस्तै, अर्का ओपनर डेविड वार्नर १ सय ६ बलमा ९ चौकासहित ६० रनमा आउट भए । वर्षाको कारण दोस्रो सेसन हुन सकेको थिएन । तर तेस्रो सेसनमा अस्ट्रेलियाले विकेट गुमायो । क्रिस वोक्सले सर्वाधिक चार विकेट लिए ।

मोईन अलीले तीन र स्टुअर्ट बोर्डले दुई विकेट लिए । इङ्ल्यान्ड दोस्रो पारीमा ३ सय ९५ रनमा अलआउट भएको थियो । पहिलो पारीमा १२ रनले पछि हुँदा समग्रमा ३ सय ८३ रनको अग्रता लिएको थियो । इङ्ल्यान्डका जो रुटले ९१ रन बनाए । ज्याक क्रली ७३ तथा बेन डकेट ४२ रनमा आउट भए ।

जोनी बेयरस्टोले ७८ रनको योगदान दिए । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क र स्पिनर टोड मर्फीले समान ४/४ विकेट लिएका थिए । त्यसअघि अस्ट्रेलिया पहिलो पारीमा २ सय ९५ रनमा अलआउट भएको थियो । द ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्ड ५४ ओभर ४ बलमा २ सय ८३ रनमा अलआउट भएको थियो ।

अस्ट्रेलिया पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इङ्ल्यान्ड ३ विकेटले विजयी भएको थियो । चौथो खेल वर्षाको कारण बराबरीमा रोकिएको थियो । 
 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया