इङ्ग्ल्यान्ड र डेनमार्क महिला विश्वकपकाे अन्तिम १६ मा

 साउन १६, २०८० मंगलबार १९:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेका छन् ।

आज मङ्गलवार अस्ट्रेलियाकाे हिन्दमार्श स्टेडियममा भएकाे खेलमा चीनलाई ६–१ काे फराकिलाे अन्तरले हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा पुगेकाे हाे । इङ्ग्ल्यान्डकी लरेन जेम्सले २ तथा एलिसिया रुसाे, लरेन हेम्प, चाेई केली र रचेल डेलीले १ गाेल गरिन् चीनका लागि वाङ शुवाङले सान्त्वना गाेल गरिन् । इङ्ग्ल्यान्ड ९ अङ्कका साथ समूह 'डी' को शीर्ष स्थानमा रहन सफल भयो । चीन ३ अङ्कसहित तेस्राे स्थानमा रहँदै प्रतियाेगिताबाट बाहिरियाे ।

आजै यसै समूहकाे अर्काे खेलमा हैटीलाई २–० गाेलले हराउँदै डेनमार्क पनि अन्तिम १६ मा पुगेकाे छ । अस्ट्रेलियाकाे पर्थ रेक्ट्याङ्गुलर स्टेडियममा भएकाे खेलमा डेनमार्कलाई जिताउन पर्निले हार्डर र सानी निलसेनले १/१ गाेल गरिन् । डेनमार्क ६ अङ्कका साथ दाेस्राे स्थानमा रहँदा हैटी कुनै पनि खेल जित्न नसकी बाहिरियाे ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया