आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार

 साउन १८, २०८० बिहीबार ६:१८:२६ | एजेन्सी
unn.prixa.net

आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।

पुटिन र टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानबीच भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ब्ल्याक सी खाद्यान्न सम्झौतामा फर्कने बताउनुभएको हो ।

दुई नेताले ब्ल्याक सी बन्दरगाहबाट युक्रेनी खाद्यान्नको निर्यात र रूसी खाद्य तथा मलको निर्यात सुविधाबारे भएको सम्झौताका विषयमा छलफल गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

क्रेमलिनका अनुसार दुई नेताबीच भएको भर्चुअल वार्तामा पुटिनले एर्दोगानलाई खाद्यान्न सम्झौताको रूसी भागको कार्यान्वयनविना सम्झौताको विस्तार अर्थहीन रहेको बताउनुभएको थियो ।

सम्झौता अनुसार पश्चिमा देशले आफ्ना सबै दायित्व पूरा गर्नेबित्तिकै रूस सम्झौतामा फर्कने रूसी राष्ट्रपति पुटिनको भनाइ छ । दुवै नेताले रूसी खाद्यान्न आवश्यक परेका देशहरूमा आपूर्ति गर्न सकिने वैकल्पिक तरिकाबारे पनि छलफल गर्नुभएको छ ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया