चीनको बेइजिङमा १ सय ४० वर्षयताकै ठूलो वर्षा, पाँच उद्धारकर्मीसहित ३८ जनाको ज्यान गयो

 साउन २५, २०८० बिहिबार ६:४६:३३ | एजेन्सी
unn.prixa.net

चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ । वर्षापछिको बाढी, डुबान र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

उद्धार तथा राहतमा सहभागी पाँचसहित ३८ जनाको ज्यान गएको बेइजिङका उपमेयर जिया लिनमाओले जानकारी दिनुभएको छ । त्यहाँ १८ जना बेपत्ता छन् । बेइजिङमा एक सय ४० वर्षअघि रेकर्ड शुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । वर्षाका कारण आएको बाढीले झण्डै १३ लाख मानिस प्रभावित भएका छन् ।

बाढी र डुबानबाट १५ हजार हेक्टर जमिनमा लगाइएको बालीमा समेत क्षति पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मुसलधारे वर्षाका कारण ५ सय ७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ । २ सय ७३ गाउँ र १६ आवासीय क्षेत्रमा विद्युत् सेवा कटौती भएको छ । सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २ सय ५६ वटा गाउँमा यातायात सेवा प्रभावित भएको छ । प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक खाद्यान्न, आपत्कालीन आपूर्ति र उपचार सुनिश्चित गरेको तथा विपद्पछिको महामारी रोकथामको काम थालिएको उपमेयर लिनमाओले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया