स्पेन पहिलो पटक महिला विश्व कप फुटबलको सेमिफाइनलमा

 साउन २६, २०८० शुक्रबार ९:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ । आज बिहान न्युजिल्यान्डको वेलिङ्गटनमा भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा एक/एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । स्पेनका लागि साल्मा पारेलुले निर्णायक गोल गरिन् । आज हुने अर्को क्वाटरफाइनलमा जापान र स्वीडेनबीच दिउँसो सवा एक बजे खेल हुनेछ । भोलि अष्ट्रेलिया र फ्रान्स तथा इङ्ग्ल्यान्ड र कोलम्बिया खेल्नेछन् ।

चार पटकको च्याम्पियन अमेरिका, २ पटकको च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटौँ पटक विश्व कप खेलिरहेको ब्राजिल क्वाटरफाइनलमा नपुग्दै बाहिरिए । जापान सन् २०११ को च्याम्पियन हो । यो संस्करणमा जापान क्वाटरफाइनलमा पुग्ने एक मात्र एसियाली टोली हो । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया