अब क्रिकेटमा पनि 'रेड कार्ड' !

 साउन २८, २०८० आइतबार १४:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अब फुटबलमा जस्तै क्रिकेटमा पनि 'रेड कार्ड' काे प्रयाेग हुने भएकाे छ ।

वेस्ट इन्डिजकाे क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डकाे नयाँ नियम आउने भएकाे हाे । सीपीएलकाे पुरुष तथा महिला दुवै प्रतियोगितामा 'रेड कार्ड' को प्रयोग गरिने समाचारमा जनाइएको छ । यदि कुनै टिमले ताेकिएकाे समयभित्र आफ्नाे काेटाकाे २० ओभर पूरा नगरेमा 'स्लाे ओभर रेट' अन्तर्गत याे नियम लागू हुने भएकाे छ । आउँदाे बिहीवारदेखि शुरु हुने प्रतियाेगितामा याे नियम पहिलाे पटक प्रयाेग हुन लागेकाे हाे ।

सीपीएलका प्रतियाेगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न 'रेड कार्ड' काे नियम लागू गरिएको बताए ।

सीपीएल आयाेजककाे नियमअनुसार १८ औँ ओभरकाे खेल शुरु हुनुभन्दा अगाडि 'स्लाे ओभर रेट' देखिएका फिल्डिङ टाेलीकाे एक अतिरिक्त खेलाडीलाई ३० यार्डकाे घेरामा बाेलाइनेछ । यसाे हुँदा ३० यार्डभित्र ५ जना खेलाडी हुनेछन् । 

यसैगरी १९ औँ ओभरकाे खेल शुरु हुनुभन्दा अगाडि 'स्लाे ओभर रेट' देखिएमा फिल्डिङ टाेलीकाे २ अतिरिक्त खेलाडीलाई ३० यार्डकाे घेरामा बाेलाइनेछ । यसाे हुँदा ३० यार्डभित्र ६ जना खेलाडी हुनेछन् ।

यसैगरी २० औँ ओभरकाे खेल शुरु हुनुभन्दा अगाडि 'स्लाे ओभर रेट' देखिएमा फिल्डिङ टाेलीकाे १ जना खेलाडीलाई मैदान बाहिर पठाइनेछ । बाहिर काे खेलाडी जाने भन्ने कप्तानले चुन्नेछन् । यस्तै सर्कलभित्र ६ जना खेलाडी रहनेछन् । 

खेल सधैँ फिल्डिङ गर्ने टिमका कारण मात्रै लम्बिँदैन । कहिलेकाहीँ ब्याटिङ गर्ने टिमका कारण पनि खेल लम्बिने गर्छ । यस्ताे अवस्थामा अम्पायरले पहिलाे तथा अन्तिम चेतावनीपछि ब्याटिङ गर्ने टिमले बदमासी गरेकाे पाएमा जरिवाना स्वरूप ५ रन घटाउने छन् ।

कुनै पनि टी–२० खेलमा एक पारी ८५ मिनेटकाे हुन्छ । नियमअनुसार १७ औँ ओभर ७२ मिनेट १५ सेकेन्ड, १८ औँ ओभर ७६ मिनेट ३० सेकेन्ड, १९ औँ ओभर ८० मिनेट ४५ सेकेन्ड र २० औँ ओभर ८५ मिनेटभित्र पूरा हुनुपर्छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया