नवनियुक्त सामान्य प्रशासनमन्त्री साहद्वारा शपथ ग्रहण

 साउन २९, २०८० सोमबार ११:१९:५ | रासस
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई पद तथा गोपनीयताको शपथ गराउनु भएकाे छ। 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री शाहले शपथ ग्रहण गर्नुभएकाे हाे । 

नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक  व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद  हुनुहुन्छ । 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया