पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । आज मङ्गलवार न्युजिल्यान्डकाे अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २–१ गोलले हराउँदै स्पेन पहिलाे पटक उपाधि नजिकै पुगेको हो ।
खेलको ८१ औँ मिनेटमा गोल गर्दै अइनगोनोले स्पेनलाई अग्रता दिलाएकी थिइन् । ८८ मिनेटमा स्विडेनकी रेबिकाले गोल गरेर खेल १–१ गोलको बराबरीमा ल्याइन् । तर एक मिनेटभित्रै स्पेनकी कारमोनाले गोल गरेर टोलीलाई फाइनलमा पुर्याइन् ।
स्विडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्वकपको आयोजक टोली हो ।
गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।